काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो ।
बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले शो रोगको उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ । ‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो ।’
बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ ।
बिषेश शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजक मोडलिङ संघका अध्यक्ष शाहीले जानकारी दिए । संघले केही समयपछि अमेरिकामा पनि एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ । जसको घोषणा एक कार्यक्रमका बिच हुनेछ ।
‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्यकलाकारको भुमिका निर्बाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हास्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।
दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस