काठमाडौं : हास्य टेलिश्रृङ्खला ‘जे होला होला’ले दर्शकको मन जितिरहेको छ । रमाइलो टेलिभिजनबाट हरेक बिहिबार ८ः३० बजे प्रशारण हुने हास्य टेलिश्रृङ्खला ‘जे होला होला’को १२ औं भाग दर्शकमाझ आइ पुग्दा यसले दर्शकको मन जित्न सफल भइरहेको हो ।
घरवेटी र भाडावालका कुराका साथै अन्य समसामयिक विषय उठान गरिएको यो हाँस्य टेलिश्रृङ्खला दर्शकको चाहना अनुसार प्रस्तुत गरिरहेको टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले जानकारी गराए । ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृङ्खला दर्शकमाझ प्रस्तुत गरिरहेका छौ, यसले छोटो समयमै सबैको मन जित्न सफल भएकोमा हामी उत्साहित भएका छौ’, उनले भने ।
अग्रज र अनुभवि हाँस्य कलाकार उत्तम के.सी. नेपालको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको यो हाँस्य टेलिश्रृङ्खलामा उत्सव केसीको मुख्य सहायक निर्देशक रहेको छ । टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, दमन रुपाखेती, मुकुन्द मैनाली, सुशीला निरौला, गीता नेपाल, उत्सव केसी, विमला गौतम, सुमितकुमार घिमिरे, सबिता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सरस्वती पाण्डे, सागर खडका, कृष्णभिर, प्रकाशविक्रम थापा, दिक्क्षा थापा, मिठ्ठुकृष्ण श्रेष्टलगायतका कलाकारको अभिनय रहेको छ ।
लक्ष्मी मल्लको श्रृङ्गार, राजु श्रेष्ठको छायाँकन, पुष्कर सुनुवारको सङ्गीत, चिरञ्जिवि भण्डारीको गायन रहेको यो टेलिश्रृङ्खलामा सरिता गौतमको सम्पादन रहेको छ ।
तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिश्रृङ्खलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस