काठमाडौं : चलचित्र “प्रेमगीत ३”लाई यस वर्षकै बहुप्रतिक्षित चलचित्र बनाएको छ। यो चलचित्रलाई ठुलो पर्दामा हेर्ने उत्साह देशमा मात्र नभएर विदेशमा भएका नेपालीहरुलाई पनि उत्तिकै रहेको पाइएको छ। यसै सन्दर्भमा आसुसेन प्रोडक्सनले आज चलचित्र “प्रेमगीत ३”को उत्तर अमेरिकाको थियटर राइट्सको भव्य रकममा सम्झौता गरेको छ। सन्तोष सेनको निर्माणमा बनेको यस चलचित्रलाई उत्तर अमेरिकाका दर्शकहरु माझ अब ग्लोबल अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रस्तुत गर्ने भएका छन्। उनले ४९,९९,९९९ रुपैयाँको मोटो रकम खर्चेर सो राइट्स खरिद गरेका हुन्।
देश विदेशमा अहिले चलचित्र प्रेमगीत ३ को माग बढ्दै गएको छ। विदेशमा रहेका दर्शकले आफ्नो स्वदेशी चलचित्रहरुको स्तर बढेको हेर्ने चाहना राख्ने भएकाले पनि निर्देशक छेतन गुरुङ्ग र सन्तोष सेनको यो बृहत भिजन चलचित्र “प्रेमगीत ३”लाई विदेशमा रहेका नेपाली दर्शकहरुले धेरै नै रुचाउने पूर्वानुमान गर्न सकिन्छ।
उत्तर अमेरिकाका दर्शकहरुले पनि यो चलचित्रलाई चैत्र २८ गते नै ठुलो पर्दामा हेर्न पाउनेछन्। थुप्रै चुनौतीहरु पार गर्दै प्रेमगीत ३ को छायांकन कार्य सकेर अहिले पोष्ट प्रडक्सन चलिरहेको छ। सार्वजनिक भएको चलचित्रको पहिलो गीत “हात्ती ढुंगामा”ले पनि छोटो समयमा लोकप्रियता पाएको छ भने अहिले सोही गीतको “हु हा” भिडियो च्यालेन्जमा पनि दर्शकहरुको सम्मानजनक सहभागिता देखा परेको छ। यसपटकको “प्रेमगीत” साच्चै पहिलो र दोश्रो भन्दा ३ गुणा बढी ब्यापक बनेकोमा निर्माण पक्ष ढुक्क देखिन्छ।
चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ्ग, लक्ष्मी वर्देवा, अनुभव रेग्मी जस्ता लोकप्रिय कलाकारहरुको साथ साथै नवकलाकार क्रिष्टिना गुरुङ्ग, मनिस राउत, पुस्कर कार्की आदिको अभिनय देख्न सकिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस