काठमाडौं- भ्यालेन्टाइन डेको अवसर पारेर यही १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवार काठमाडौंको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा लोकप्रिय गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
दरबारमार्थस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्यूइड लाउञ्जमा लिक्यूइड ब्याण्डकै संगीतकर्मीहरुको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्न लागेका हुन् । ‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ शीर्षक राखिएको भ्यालेन्टाइन विशेष उक्त सांगीतिक कार्यक्रमको तयारीका लागि गायक सिंह पछिल्लो एक सातादेखि ब्याण्डका संगीतकर्मीहरुसंग नियमित अभ्यास गरिरहेका छन् ।
लाउञ्जमा भेला हुने रोमान्टिक जोडीहरुलाई मनोरञ्जन गराउने उदेश्यले आयोजना लागिएको उक्त सांगीतिक कार्यक्रम भ्यालेन्टाइन डे अर्थात यही शुक्रवार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एण्ड क्विन‘’ तथा ‘प्रेम कथा‘’ शीर्षकका यूगल गीतमा साथ दिनेछिन् । यी दुई गीतको ओरिजिनल भर्सनमा गायक सिंहलाई अभिनेत्री रेखा थापा तथा पूजा शर्माले यूगल गायनमा साथ दिएका छन् ।
लिक्यूइड ब्याण्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमर) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) आवद्ध छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस