काठमाडौं : निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो ।
सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहने छ ।
नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने फिल्मको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको फिल्मको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ ।
निर्देशक बोहराको यसअघिको फिल्म ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ । सो फिल्म दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । सो फिल्म प्रि–प्रोडक्शनमा रहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस