काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ५४ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।
कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सचिन सिंहको शब्द र सङ्गीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज, किरण गोर्खाको मिक्सिङ/माष्टरिङ, रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने । गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, शुरेस कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, शुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, संजय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, रिऋा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायतलाई फिचरिङ तथा धन्यावाद ज्ञापन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस