काठमाडौँ-एक्सन किङ्गका नामले परिचित अभिनेता टम क्रुज हाल आफ्नो महत्वाकांक्षी फिल्म प्रोजेक्टका कारण चर्चामा छन् । उनले फिल्म निर्माणका लागि भन्दै अन्तरिक्षमा उड्ने तयारी गरिरहेको र नासाले त्यसको तयारी समेत गरिरहेको छ ।
नासाका प्रशासकीय प्रमुख जिम बार्डेन्स्टाइनका अनुसार नासा टम क्रुजसँग काम गर्न पाउदा अत्यन्त उत्साही बनेको छ ।
गत मंगलबार उनले सो महत्वाकाक्षी प्रोजेक्टबारे जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबारे उनको फिल्म बन्ने बताइएको छ ।
जिमले आफू नयाँ इञ्जिनियरहरुको टिमसँग बसेर यस्तै नयाँ तथा खोजमुलक काममा अगाडी बढ्न चाहेको बताउदै त्यस्ता नविन सोच भएका मानिसहरुलाई सदैब अगाडी बढाउने पनि उनले बताएका छन् ।
नासाका प्रवक्ताले जनाए अनुसार क्रुज अन्तरिक्षमा जानेछन् र बस्नेछन् । साथै अत्याधिक महंगा प्रयोगशालाहरु यसमा खटाइनेछ । ती प्रयोगशाला पनि पृथ्वीको परिक्रमा गराइनेछ ।अन्तरिक्षयात्रीको टोलीले यसका लागि सन् २००० देखि काम गरिरहको छ ।
‘स्पेश स्टेशन’मा केही फिल्म केही फिल्म यसअघि नै छायांकन भएका छन् । २००२ मा ‘आईम्याक्स डकुमेन्ट्री’ पनि तिनैमध्ये एक थियो । जसको न्यारेशन क्रुजले नै गरेका थिए ।
२०१२ मा बनेको ‘अपोलोजी अफ फियर’ नामको साइन्स फिक्सन फिल्म पनि त्यस्तैमध्येको अर्को हो । क्रुज भने अन्तरिक्षमा अभिनय गर्ने पहिलो अभिनेता हुनेछन् ।
नासाका अनुसार बाह्य अन्तरिक्षमा छायांकन गरिने यो पहिलो ‘न्यारेटिभ फिचर फिल्म’ बन्नेछ । तर क्रुज कहिले अन्तरिक्षको उडान गर्नेछन् र को को उनको अन्तरिक्षयात्रामा थपिनेछन् भन्ने यकिन भइसकेको छैन ।
अन्तरिक्षयानको यस्तो क्षमता विकासका लागि बोइंगले अमेरिकामा वर्षौँदेखि काम गरिरहेको पनि बताइएको छ । स्पेस एक्सले भने ‘थर्ड पार्टी कम्पनी’सँग काम गरिरहेको यसअघि नै जनाएको थियो ।
नासाले स्पेस एक्स वा बोइंगको खर्च व्यहोर्ने छैन । यस प्रोजेक्टको क्रममा दैनिक २२ हजार ५ सय अमेरिकी डलर खर्च हुने पनि बताइएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दर्जनौँ देशहरुबीच साझेदारीको रुपमा निर्माण गरिएको थियो । तर अमेरिका र रुस यसका प्राथमिक संचालक हुन् । यसका लागि अमेरिकी स्वामित्वमा परीक्षण प्रयोगशाला समेत सञ्चालित छ । जहाँ अन्तरिक्षयात्रीहरुले वैज्ञानिक र व्यवसायीक अनुसन्धान गर्छन् ।
मिसन ईम्पसिवल स्टार भनेर चिनिने टम क्रुजले यस अधि पनि साहासी फिल्महरुको निर्माण गरिसकेका छन् जसमा उनी आफैले स्टन्ट समेत गरेका छन् ।
उनले आफ्नो फिल्म ‘टप गन मेभरिक’ का लागि आफैले फाईटर जेट प्लेन उडाएका छन् भने ‘मिसा इम्पसिवल घोष्ट प्रोटोकलका लागि उनले सन् २०१५ मा विश्वकै अग्लो टावस बुर्ज खलिफा समेत चढेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस