लस एञ्जेल्स- विश्वव्यापी माहामारी कोरोना संक्रमणका कारण आगामी बर्षकाे ओेस्कार अवार्ड प्रभावित हुने सम्भावना बढेको छ ।
विश्वकै चलचित्र जगतको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम आयोजना स्थल हलिउडमा फैलिइरहेको कोरोना संक्रमणका कारण सर्ने सम्भावना रहेको छ । आयोजकका अनुसार आगामी फेब्रुअरी २८ तारिखका लागि अवार्ड मिति तोकिएको छ ।
हालसम्म पनि विश्वभरबाट उत्कृष्ठ तथा व्लकबास्टर चलचित्रहरु सहभागि हुने वातावरण नभएको, कतिपय चलचित्र निर्माणको काम नै नसकिएको, लगायतका कारणले अवार्डमा असर गर्न सक्ने आयोजकले बताएको छ । अव अवार्डका लागि नियमहरु समेत परिमार्जन गर्नुपर्ने समेत आयोजकले उल्लेख गरेका छन् ।
कार्यक्रम सार्ने विषयमा आयोजकले आधिकारिक धारणा सार्वजनिक नगरेता पनि वर्तमान परिस्थितिको मुल्याङ्कन गर्दा तत्कालिन परिस्थितिमा ओस्कार अवार्ड कार्यक्रम गर्न नसकिने एक अधिकारीले बताएका छन् ।
डिसेम्बर ३१ भित्रमा नै चलचित्र रिलिज गरिसक्नु पर्ने नियम भएको तर कोरोना संक्रमणका कारण हलहरु खुल्ने सम्भावना समेत अनिश्चित भएका कारण अव नियम परिमार्जन गरि कार्यक्रम सार्नुको विकल्प नरहेको चलचित्र विज्ञहरु बताउदछन् ।
९३औँ ओस्कार अवार्ड सन् २०२१ को फेब्रुअरी २८ मा एबिसि टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम समेत तय भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस