२०६८ सालमा लिम्बूवान आईडलमा टप टेनमा परेपछि गायिका तुलसा लिम्बूको औपचारिक गायन यात्रा शुरु भयो । यो यात्रा अघि बढ्ने क्रममा काठमाडौं प्रवेश गरेसँगै ‘संझनाले ‘बोलको गीतमा न्यू आट्रिष्टमा उत्कृष्ट आधुनिक महिला गायिकातर्फ अवार्ड जितेपछि अझ उनको उचाई बढेको छ । हुनत अभिनयमा पनि उतिकै दह्रो उपस्थिती रहेको छ । सानैदेखि गायन र अभिनयमा आफनो क्षमता प्रस्तुत गर्दै आएकी तुलसाको आवाजमा ‘संझनाले, मौसम रंगिन, लाली गाँजल लाउदैमा, काबेली खोला, आँखी झयालैमा, हावा सरर’ लगायतका सुमुधुर आधुनिक तथा लोक गीत सुन्न सकिन्छ, भने टेलिसिरियल एकादेशको चुरीफुरी उनको अभिनयको कला देख्न सकिन्छ । प्रतिभाशाली गायिका तुलसा लिम्बूसँग हटपाटीका लागि ऐश्वर्य श्रेष्ठले गरेको सांगीतिक कुराकानीको अंश ।
१. आरामै हुनुहुन्छ ? लकडाउनले दिनचर्यामा कस्तो प्रभाव पारेको छ ?
हजुर आरामै छु भन्नु पर्ला अहिले सम्पूर्ण मानव जगतनै Covid 19 संग जुधिरहेको अवस्था छ । लकडाउनले गर्दा अहिले घरमै बसेर भित्री कामहरु गर्ने, बाहिरको कामहरु चाही रोकिएको छ ।
२. अहिले झापातिर हुनुहुन्छ सर्वत्र कोरोनाले भय सिर्जना गरेको छ कसरी फेस गरीरहनुभएको यो अप्ठयारो समयको ?
अरु जिल्ला भन्दा झापामा अलि बढी जोखिम नै छ । त्यसैले यो समयमा घरमै बसेर नयाँ सिर्जना गर्ने, गीत संगीत सुन्ने, हेर्ने, घरको कामहरु गर्ने यसरी नै बितिरहेको छ ।
३. सिर्जना र कलामा लागेका मानिस दुख पिडामा झन शक्तिशाली सिर्जना गर्छन् भनिन्छ के लाग्छ तपाईलाई ?
सिर्जना र कलामा लागेका मानिस दुख पिडामा पनि सिर्जना गर्ने भएकोले शक्तिशाली हुन्छ र सिर्जनाहरु पनि उत्तिकै शक्तिशाली बन्दछ ।
४. तपाई गायन र अभिनय क्षेत्रमा एकसाथ लागिरहनुभएको छ दुईटा डुङ्गामा पाईला राख्दा सफल हुन गाह्रो हुन्छ होईन र ?
मलाई गायन र अभिनय दुवै काम उत्तिकै प्रिय लाग्छ दुवै कामलाई त्यति नै महत्व दिन्छु । सफलताको भन्दा कामको धेरै मोह छ त्यसैले दुवै कामलाई एकै साथ अघि बढाईरहेको छु ।
५. तपाईले आफुले गुनगुनाउनु पर्दा कसको गीत गाउँदा बढी आनन्द लाग्छ ?
यसको नै भन्ने चाही छैन जसको पनि हुनसक्छ तर मन छुनु पर्यो । गुनगुनाउन पनि आनन्द हुन्छ ।
६. अहिले गीत सुन्ने भन्दा पनि हेर्ने जमाना आयो एउटा राम्रो गीत तयार हुन के कुरामा ध्यान दिनुपर्ने हुन्छ ?
अहिले गीत सुन्ने भन्दा हेर्ने जमाना छ यो सबै नया प्रविधिको विकास साथै समयको माग पनि हो । एउटा गीत राम्रो बन्नको निम्ती सबै कुरा राम्रो हुन जरुरि छ शब्द, संगीत, एरेन्ज र गायन सबैको महत्व उत्तिकै हुन्छ ।
७. लकडाउनको कारण फुर्सद छ नयाँ गीतहरुको तयारीमा हुनुहुन्छ कि ?
यो समयलाई सिर्जनामा लगानी गरिरहेको छु र गीत संगीत भित्र नै छु ।
८. गायनलाई रुचिको रुपमा कि व्यवसायिक रुपमा अघि बढाउने सोचमा हुनुहुन्छ ?
गायन मेरो रुची हो यसलाई व्यावसायिक रुपमा अगाडी बढाउने प्रयत्न जारी छ ।
९. लकडाउन खुलेपछिको योजना के छन् ?
पुन आफ्नो कामलाई निरन्तरता दिने र गर्न बाँकि रहेको कामहरु गर्ने योजना छ ।
१०. हटपाटीका पाठकमार्फत आफना फयानलाई के भन्नुहुन्छ ?
यो समयलाई एउटा अवसरको रुपमा सदुपयोग गर्नुहोस । तपाईहरुलाई ईच्छा लागेको सिर्जनामा रमाउनुहोस् । नेपाली गीत संगीतलाई माया गरेर सुनुदिनुहोस, घरमै बसी सुरक्षित रहौ । Stay Home Stay Safe.
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस