सोल-दक्षिण कोरियाको प्रसिद्ध ‘बोर्यङ्ग मड फेस्टिभल ‘ त्यहाँ मनाईने स्थानीय पर्वहरु मध्ये धेरै रुचाईने पर्व हो । उक्त पर्व नेपालको हीले जात्रा अथवा रोपाई जात्रा जस्तै हो जसमा मानिसहरु एक अर्कामा हिलो छ्यापेर मनोरञ्जन गर्छन् ।
कोरोना माहामारीका कारण यस बर्ष भने उक्त पर्व सामान्य तरिकाले नमनाईने आयोजमले बताएका छन् । कोरोना संक्रमणलाई ध्यानमा राख्दै यस बर्ष हिलो खेलेर मनाईने दिवसलाई अनलाईन तथा भर्च्युअल पद्धतीबाट मनाइने आयोजकले बताएको छ ।
आयोजकका अनुसार कोरोना संक्रमणको त्रासले हाल पनि व्याप्त नै रहेका कारण यस बर्षलाई उक्त पर्व अनलाईनबाट मनाइने छ । हिलोले नुहाउने, हिलोमा रेस्लिङ खेलाउने लगायतका गतिविधि गराएर मनोरञ्जन प्रदान गर्ने उक्त पर्व यसपाली भने भौतिक रुपमा मनाउन नपाईने भएको छ ।
आयोजकका अनुसार जुलाई महिनाको १७-२६ सम्म धुमधामले मनाइने उक्त पर्वमा यसपाली भने प्रविधिको प्रयोग गरिने छ । आयोजकले मुख्य शहरका चोकहरुमा ठूला ठूला स्क्रिन तथा होर्डिङ बोर्ड राखेर अघिल्ला बर्षका भिडियो तथा तस्विरहरु देखाउने, १ हजार बढी कोरियाली युट्युवबाट भिडियो लाइभ गर्ने लगायतका गतिविधि गरेर हिले जात्रा मनाउने छन् ।
आयोजकका अनुसार उक्त हिले जात्रामा हिलो खेल्नाले उमेर सँगै आउने छालाको समस्या समाधान हुने विश्वास गरिन्छ । सन् १९९८ बाट यसलाई स्थानीय सरकारले पर्यटकिय गतिविधिका रुपमा समेत चित्रित गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस