काठमाडौं -भुवन चैत्य बसुन्धरा फाउण्डेशनद्वारा प्रदान गरिने पुरस्कारको घोषणा गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउण्डेशनको आषाढ २० गते फाउण्डेशनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवम् सर्जकलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समयदेखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समयदेखि रङ्गमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहनु भएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार ५ दशक भन्दा बढी समयदेखि रङ्गमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ ।
अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस