काठमाडौँ – कलाकार दिपाश्री निरौलामाथि सामाजिक सञ्जालमा भइरहेको गाली गलौजविरुद्ध चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले बिज्ञप्ति जारी गरेका छन् । उनीहरुले गालीगलौज नरोकिए अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी दिएका छन् ।
अभिनेता राजेश हमालमाथि महानायक शब्दबारे दिएको अभिव्यक्तिपछि दीपाश्री निरौलामाथि आएका आरोप/प्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको वक्तव्यमा उल्लेख छ ।सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको हो ।
‘वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मी लक्षित गालीगलौच र अश्लिल प्रतिक्रिया आएकोप्रति हामी संवेदनशील भएका छौं । यस किसिमका प्रतिक्रिया नरोकिए यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रकृया अगाडि बढाउने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ ।
चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरेको हो ।
कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दुस्खपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।
‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन’, बिज्ञप्तिमा लेखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस