काठमाण्डौँ – चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ ।
लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्धान व्यक्तिहरुसँग बसेर पनि छलफल गर्छु । नयाँ शैक्षिक सत्रदेखि चलचित्रको बिषय पढाउने भन्ने लगभग सहमती भएको छ ।’
उनले, नेपाली चलचित्रको इतिहास, पहिले र अहिलेको प्रविधी, चलचित्रको संकृती र साहित्यलाई जोडेर पुस्तक तयार होस् भन्ने चाहना आफ्नो रहेको सुनाए । उनले भने–‘अहिले माध्यमिक तह भनेर १२ कक्षासम्म वुझिन्छ । अब, कुन कक्षाबाट चलचित्र पढाउन सुरु गर्ने भन्ने बिषयमा छलफल गर्नुपर्छ ।’
उनले आफूले प्याब्सन र एन प्याब्सनका प्रतिनिधीसँग पनि आफूले एक चरणको कुरा गरेको भन्दै निजी विद्यायलमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको बताए ।
यस्तै, क्याम्पसमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको दाहालको भनाई छ । उनले भने–‘अहिले त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम निर्माण समिती तयार गरेको छ । जसको पदेन सदस्यमा चलचित्र विकास बोर्डको अध्यक्ष पनि हुने प्रावधान छ । स्नातकदेखि पीएचडीसम्म चलचित्रको बिषयमा पढाई गर्ने कुरा अगाडि बढेको छ ।’
दाहालले आफू चलचित्र विकास बोर्डको सदस्य हुँदा नै यो प्रक्रिया अगाडि बढाएको बताए । उनले भने–‘अब ढिलोचाडो चलचित्रको पढाई हुन्छ र हुनैपर्छ । यसले चलचित्र संकृतीको विकास हुन्छ भन्नेमा म आशावादी छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस