काठमाडौँ-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प–२०२०’ हुने भएको छ ।
किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।
बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल नम्वर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ ।
विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागि हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ । असोज २१ (अक्टोबर ७ तारिक) गतेदेखि अडिसन राउण्ड सुरु हुनेछ । अडिसन राउण्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुनेछन् । सो पश्चात फाइनलका लागि १० प्रतियोगि छनोट गरि कात्तिक ५ (अक्टोबर २१ तारिक) गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ ।
प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म विगो मार्फत लाईभ प्रशारण गरिनेछ ।
विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
वरिष्ट कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भुमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् ।
कोरोना कहरको समयमा पनि नृत्य कलामा रुची तथा क्षमता भएका व्यक्तिहरुको हौशला एवं अवसरका लागि बिगो डान्स च्याम्प–२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस