बागलुङ-अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।
गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो ।
गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।
“मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ”, सर्जक पन्तले भन्नुभयो । गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गर्नुभएको छ । निर्देशक बब्लु गायक÷मोडल प्रकाश सपूतका भाइ हुनुहुन्छ ।
गीतको उत्पादक बागलुङकै प्रकाश जिसी हुनुहुन्छ । उहाँ पनि अहिले अमेरिकामा बस्नुहुन्छ । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुनुहुन्छ ।
गीतले माया÷प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस