काठमाडौँ-ईन्टरनेशनल वाटरकलर सोसाईटी नेपालले १०० घण्टे रिले कला अनलाईन डेमोन्सट्रेसन गर्ने भएको छ । अन्तराष्ट्रिय रुपमा नेपाली कलाकारको कलाकृति प्रदर्शनीमा राख्ने र तिनको प्रचारप्रसार गर्ने हेतुले ४ दिने कला प्रर्दशनी लगातार ४ दिन ४ रात ४ घण्टा गरिनेछ ।
कार्तिक २३ बाट शुरु हुने प्रर्दशनीमा ७२ जना नेपाली कलाकारको सहभागिता रहनेछ । कोभिड -१९ र यस्ले निम्याएको मानविय समस्यालाई एक भएर लड्न आव्हान गर्दै आधिकारिक फेसबुक पेज र युटुब च्यानलबाट लाईभ प्रस्तुत गरिने अध्यक्ष एन बि गुरुंगले जानकारी दिए ।
भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिदै उनले भने “ यो कार्यक्रमलाई बिश्वमै सबैभन्दा लामो रिले कला डेमोन्सट्रेसनको रुपमा बिश्व रेकर्ड को लागि पहल गरिनेछ। यस्ले आम नेपाली कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो बनाउने बिश्वास गरेका छौ।”
आइडब्लुएस नेपालका सचिव केशवराज खनालले ७२ जना नेपाली कलाकार छनोट भइसकेको जानकारी दिए। कार्तिक २६ गतेसम्म जारी रहने रिले कला प्रर्दशनीमा कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक र भिडीयो प्रदर्शनी पनि गरिने उनले बताए ।
बिभिन्न कला सम्बन्धि कार्यक्रम मार्फत IWS ले नेपाली कलाकारलाई सहभागी गराउदैं ख्यातिप्राप्त बिदेशि कलाकार नेपालमा निम्त्याउने र तिनको कलाकृति नेपालमा प्रदर्शनी गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस