सोल – दक्षिण कोरियमकी चर्चित हाँस्य कलाकार पार्क जी सुन आफ्नि आमाको घरमा आमासँगै मृत फेला परेकी छन् । ३६ बर्षिय कलाकार सुन पश्चिमी सोलको मापो-गु स्थित घरभित्र मृत फेला परेकी हुन् ।
सुनका पिताले उनकी आमा तथा उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसके पश्चात प्रहरीलाई खबर गरेका थिए । प्रहरी लिएर उनी घर पस्दा दुबैलाई मृत भेटिएको समाचारमा बताइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक आमा छोरीको शरिरमा कुनै बाह्य चोटपटक नदेखिएको प्रहरीले बताएको छ । सुन आफ्नो उपचारका लागि केही समयबाट आफ्नि आमासँगै बस्दै आएकी थिइन् ।
केबिएस टेलिभिजनमा हाँस्य कलाकारका रुपमा सन् २००७ बाट आफ्नो कलाकारिता सुरु गरेकी सुनले थुप्रै टेलिभिजनमा कार्यक्रमहरु प्रस्तुत गरेकी छन् । उनलाई दक्षिण कोरियाली मनोरञ्जन दुनियाँकी प्रख्यात कलाकारको रुपमा समेत लिइने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस