काठमाडौँ- भरतमणि पौडलले रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको उपाधि जितेका छन् । शनिबार राति भएको फाइनलमा सन्तोष थापा र विक्की अग्रवाललाई हराउँदै पौडेलले उपाधि जितेका हुन् ।
च्याम्पियनको फाइनलमा ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाबीच प्रतिस्पर्धा भएको थियो । भोटिङमार्फत् भएको छनोटमा दुई प्रतिस्पर्धिलाई उछिन्दै पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वयुवराज पारस शाहजस्ता लोकप्रिय पात्रको क्यारिकेचर गरेर निकै चर्चामा आएका पौडेल विजेता घोषित भएका छन् ।उपाधिसँगै उनले २५ लाख र कार पुरस्कार पाएका छन्।
त्यस्तै, सिक्किमका स्टेजहरूमा लोकप्रिय रहेका अग्रवाल च्याम्पियनको फस्ट रनर–अप बने । भारत र नेपाल दुबैतिरका दर्शकको भोट उनले पाए पनि उपाधि जित्न भने सकेनन् ।
यस्तै, तेस्रो स्थानमा सन्तोष थापा रहेका छन् । अग्रवालले टीभीए अपाचे बाइक पुरस्कार पाएका छन् भने तेस्रो बनेका थापाले टीभीएसकै स्कुटर पुरस्कार पाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस