काठमाडौं- अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो ।
दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन् । साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् ।
आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’
उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’
तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् ।
नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन् । उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ । मौसमले साथ दिए छायांकन टिमसहित उनी यसैसाता मुस्ताङ पुग्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस