काठमाडौं -अनमोल केसी कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनकाे पारिश्रमिकको पनि चर्चा हुने गर्छ । ‘होस्टेल’ बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए ।
केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।
उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाडेका छन् ।
ग्याङस्टर ब्लुज
निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरेर गरिसकेका अनमोलको सम्बन्ध ‘ग्याङस्टर ब्लुज’मा आएर बिग्रियाे । याे फिल्मका लागि उनले लुक्स पनि बनाइरहेका थिए । तर घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो ।
ब्याचलर बन्टी
मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचलर बन्टी’ पनि अनमोलले अन्तिम समयमा छाडेका थिए । उनले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाएका थिए । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचकाे मतभेदले फिल्म नै बन्न सकेन ।
धुपौरे
‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिए । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गरेका थिए । फिल्ममा आफ्नाे खर्चसमेत भइसकेकाे भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरीसमेत दिएकाे थियाे । यद्यपि याे विवाद साम्य भयाे ।
निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सकेका छैनन् । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने /नगर्ने निर्णय गर्छन्। तर, अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस