काठमाडौंँ-मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए ।
प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको दुईदेखि तीन मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिने छन् । छनाेटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । साथै, मिस ‘युनिभर्स नेपाल’ को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्रान्ड फिनालेको भिआईपी टिकटसमेत अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएकाे छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले ३० अक्टोबर अर्थात १३ कात्तिकमा आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस