काठमाडौंँ- अभिनेता दयाहाङ राई अभिनित फिल्म ’कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए ।
फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले शनिबार (भोलि)बाट काम सुरु गर्नेछ ।
‘हामी सबै तयारी गरिरहेका छौं । सबै मिलेमा भोलिबाट छायांकन सुरु गर्नेछौँ’, निर्देशक गुरुङले भने । उनले कबड्डीदेखि नै मुस्ताङको कथालाई देखाउँदै आएका छन् । काजीको प्रेम यात्रा भनिएको कबड्डीको चौथो सिरिजलाई ‘कबड्डी ४ : फाइनल म्याच’ भनिएको छ ।
फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहनेछ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसैवर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्नेछ ।
निर्देशक गुरुङ वितरकहरूसँगको सल्लाहमा मात्र डेट घोषणा गर्ने बताउछन् । ‘छायांकन सकिएपछि बाँकी काममा लाग्ने समयको अनुमान गरेर फिल्म रिलिज घोषणा गर्ने छौँ’, निर्देशक गुरुङले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस