काठमाडौं-पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । फिल्ममा नायकको तुलनामा आफूहरूको भूमिकाझैँ पारिश्रमिक पनि निकै कम हुने भएकाले नायिकाहरूले आवाज उठाएका हुन् ।
विशेषत स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान, शाहरूख खान, आमिर खान, अक्षय कुमार, अजय देवगन लगायतको फिल्ममा नायिकाले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ । नायक बराबर नै काम गर्ने भए पनि नायिकाको पैसा किन कम ? भन्दै बेलाबखतमा भइरहने विद्रोह पछिल्लो समय करीना कपूर खानका कारण चर्चामा आएको हो ।
उनले एक फिल्मका १२ करोड भारतीय रुपैयाँ डिमाण्ड राखेकै कारण निकालिनुपरेपछि यसको बहस अगाडि बढेको थियो । करीनाको भनाइमा समर्थन जनाउँदै ताप्सी पन्नु, सोनम कपूरले बोलेकी थिइन् ।
सोनमले मतभेद बलिउडकर्मीमा रहेको बताएकी छिन् । ‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन’, सोनामले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन् ।
उनले पछिल्लो समय नायिकाले लिड गरेको फिल्मले समेत एक सय करोडको बक्स अफिस पार गरिसकेको उदाहरण समेत पेस गरेकी थिइन् ।
सोनमझैँ एक्ट्रेस सोनाक्षी सिन्हाले पनि पारिश्रमिकमा हुने ग्याप अमान्य रहेको बताएकी छिन् ।
आफ्नो एक म्युजिक भिडियो प्रमोसनको क्रममा हालै उनले दिएको अन्तर्वार्तामा पारिश्रमिकको विषयमा बोलेकी हुन् । ‘कन्टेन बलियो नहुँदा स्टारको फिल्म पनि चिप्लिएका छन्, त्यसैले यो पे ग्यापको विरुद्ध म पनि छु’, उनले भनेकी भनिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस