काठमाडौँ – कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो ।
पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।
पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको बताएका छन् । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए ।
भेट्ने वित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए । ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इट अप । मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस