काठमाडौँ – बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो । पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ ।
पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्ने छन् । हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन् । उनीहरूको ड्रेस सब्यसाचीले डिजाइन गरिरहेको छ ।
अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो । उनीहरू पछिल्लोपटक सरदार उधूम फिल्मको प्रिमीयरमा सँगै देखिएका थिए ।
केही समयअघि उनीहरूले १८ अगस्तमा इंगेज्मेन्ट गरेको खबर पनि फैलिएको थियो । तर, उनीहरूले आफूहरू प्रेममा रहेको कुरा मिडियासामु भने स्वीकारेका छैनन् ।
कैटरिना र बिक्की प्रायः एक अर्काको घरमा गइरहन्छन् । एकपटक बिक्कीका भाइ सनीसँग उनीहरूको सम्बन्धको बारेमा सञ्चारकर्मीले सोधीखोजी गरेका थिए । तर उनले त्यो सबै अफवाह मात्रै भएको दाबी गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस