काठमाडौं- बलिउडस्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् । बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले एक अवार्डमा आफूले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको गुनासो गरेका थिए ।
उनले आफू पुलिसको भूमिकामा देखिने इच्छासमेत जाहेर गरेका थिए । उनी पछिल्लो समय ‘पठान’ मा स्पाइ एजेन्टको भूमिका भने निर्वाह गरिरहेका छन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘जिरो’ असफल भएपछि उनले नयाँ निर्देशक र कथा चयनमा सतर्क छन् ।
पठानपछि शाहरुख साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा काम गर्ने तयारीमा छन् । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई ओर्जिनल कथामा हुने बताइएको छ । शाहरुख चाहान्छन्, फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन लिउन् । कोरोना भाइरसको महामारीका कारण यसको काम राेकिएकाे छ ।
यस्तै , शाहरुखले काम गर्न चाहेको अर्को निर्देशक हुन् राजकुमार हिरानी । केही समय यता उनीहरूले विभिन्न स्क्रिप्टमा छलफल गरेको खबर आउने गरेको छ । यद्यपि, फिल्म गर्ने घोषणा भने भएको छैन । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछि हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् ।
उनले आफ्नो साथी अभिजात जोशीसँग मिलेर स्क्रिप्टमा काम गरिरहेका छन् । यो टिममा जोडिएकी छिन् कनिका ढिल्लोन । शाहरुख र रेड चिल्लीसँग धेरै प्रोजेक्टमा काम गरेकी कनिकाले हिरानी र अभिजातलाई स्क्रिप्ट तयार पार्न सघाएकी छन् ।
निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । अब हेरौँ, शाहरुखको करियरमा उनको भूमिका कस्तो हुन्छ । कमेडी र सोसल ड्रामा निर्देशन गर्दै आएका हिरानीले यसपटक कस्तो कथालाई अगाडि ल्याउछन् ? बि-टाउनमा यो चर्चाको विषय बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस