पोखरा- मुलुकका सातवटै प्रदेशमा आयोजना हुने गरी सुरु भएको सप्तरंग साँझको गण्डकी संस्करण आज शुक्रबार हुँदैछ ।
पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तूति दिनेछन् । ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’सँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ ।
२४ मंसिरदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रम पोखरामा सकिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्री लगायत उपस्थित छन् ।
कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरु, पोखरा महानगर कार्यवाहक प्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहनेछ । यो कार्यक्रमले समुदायमा प्रहरीको प्रभावकारीताबारे थप ज्ञान दिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस