काठमाडौं- फिल्म लाखेमा अभिनेता रोहित रुम्बाको अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए । रोहितले यसअगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र सन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मका लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
फिल्मका लागि यसअगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिएका थिए ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्म २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस