काठमाडौं- हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् । अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ । हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ ।
‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ । तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई बलिउडबाट अफर आए पनि ती अफर ‘उत्साहजनक’ नरहेकाले तुरुन्तै ‘हुन्छ’ भन्न तयार नरहेको बताएका छन् ।
‘हिन्दी फिल्ममा काम गर्न तयार छु । तर एउटा राम्रो कथा चाहिएको छ । जब कुनै हिन्दी स्क्रिप्ट लिन्छु, एक प्रमुख कलाकारलाई सहायक कलाकारको भूमिकामा देखिन मन लाग्दैन । त्यसकारण एक नायकको रुपमा म जहिल्यै मुख्य भूमिकामै अभिनय गर्न चाहन्छु । निर्माताले पनि यो कुरा बुझ्नुपर्छ । मेरो सर्त नै राम्रो कथा हुनुपर्छ भन्ने हो,’ उनले भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस