काठमाडौं- बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।
उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।
उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक नबन्ने प्रष्ट पारेकी छन् । ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्याय पाउँदैन । यो मेरो प्रतिभाशाली कलाकार भाईसँग प्रतिवद्धता हो’, उनले लेखेकी छन् ।
प्रियंका अगाडि लेख्छिन्, ‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ?’
प्रियंकाका अनुसार सुशान्त आफ्नो बायोपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बायोपिक बनेमा एआई प्रविधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस