काठमाडौं- अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतको अभिनय छ ।
चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले व्यवस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन् ।
श्रीमान–श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ । ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका सुमन नेपाल चलचित्र निर्देशक समाजका पूर्वउपाध्यक्ष हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस