काठमाडौं-बिसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरु रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरु रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे ।
भय र सपना बीचको यो कल्पनाशिलताबाटै लाहुरेहरुले अनगिन्ती गीतहरु जन्माएका थिए । त्यस्ता लडाकाहरु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एक से एक गीतहरु पनि नेपाली समाजलाई कोसेली ल्याइदिए ।
ती कोसेली मध्येकै एउटा सिर्जना अर्थात् नेपथ्यको कान्छो प्रस्तुती अब उसको दसौं एल्बमको अन्तिम गीत बन्नपुगेको छ ।
‘नैनताल… नैनताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल… नैनताल’
आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरुले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ ।
यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो । यो गीत आधिकारिक रुपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दैआएको छ । आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन् ।
यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए । यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो । त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो । त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो ।
‘हाम्रो लोक सँस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो बर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन् ।
यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउछन् । लोकप्रिय आधुनिक नेपाली गीतहरुका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन् ।
‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ । सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ । त्यसैबेला सुनेको त्यो गीतका अनेक संस्मरणहरु अहिले पनि मिठो याद बनेर मेरो सम्झनामा बसेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस