काठमाण्डौं–झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरेका छन्।
काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित एक कार्यक्रममा ‘प्रकृति’ नामको सो गीत सार्वजनिक गरिएको हो। यस गीतको शब्द, संगित र स्वर आचार्य पेरिक स्वयमको हो। जी पुनले उक्त गीतको अरेन्ज गरेका हुन् भने म्युजिक भिडियोमा बाल कलाकार आरोही कार्की, अनिमेश केसी र रिता बराइलीले अभिनय गरेका छन्।
गीतमा पशुप्राणी र प्रकृतिलाई हामीले आफन्तझैँ माया गर्नुपर्ने उल्लेख छ। म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै खेन् रिम्पोछे ग्याल्छेनले ‘बोधिपथमा सत्य सन्देश दिनका लागि बौद्ध भिक्षुले गीत गाउनुमा कुनै खराबी नभएको बरु सद्कर्म भएको’ बताए। कार्यक्रममा बोल्दै संगितकार न्ह्यु बज्राचार्यले, आचार्य पेरिकले पनि अन्य केही बौद्ध भिक्षुहरूले जस्तै गीत गाएर प्राणी कल्याणका लागि राम्रो काम गरेको बताए। ‘बौद्ध भिक्षुहरूले गीत गाउनुहुन्न पनि भन्ने सुनिन्छ तर उहाँले जगत् कल्याणका लागि गीत गाएर राम्रो काम गर्नुभएको छ।’
सो कार्यक्रममा बोल्दै गायिका चिरिमाया महर्जनले मान्छेमाथि अन्याय हुँदा बोल्नेहरु भएपनि पशुका लागि बोल्नेहरु एकदमै कम भएको र आचार्य पेरिकले पशुप्राणीका लागि समेत बोलिदिएर समग्र प्रकृतिलाई नै ठूलो गुन लगाएको बताइन्।
त्यस्तै संगीतकार प्रविन बराइली, अहिंसा अभियन्ता कृष्ण गुरुङ र प्रकाश मिश्रले गीतका बारेमा आ-आफ्नो मन्तव्य राख्दै आचार्य पेरिकको गीतले मान्छेलाई थप संवेदनशील र अहिंसाप्रिय बनाउन मद्धत गर्ने बताएका थिए। कार्यक्रममा आफ्नै गीतका बारेमा बोल्दै आचार्य पेरिकले दुई वर्षअघि नै गीत बनिसकेको भएपनि कोरोनाका कारण सबै काम नसिएका कारण म्युजिक भिडियो सिर्जनामा ढिलाई भएको बताएका थिए।
आचार्य पेरिकले यस अघि पनि ‘हामी खाना होइन’ भन्ने अहिंसा गीत तथा हामी थुप्रै बौद्ध भजनहरू गाइसकेका छन्।
आचार्य पेरिकले आफूले गीत पैसा कमाउनका लागि नभई अहिंसा प्रर्वधनका लागि गाएको बताए। उनले आफ्नो गीत जोसुकैले निशुल्क उपयोग गर्न पाउने पनि बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस