काठमाडौं-गीतकार तारा अधिकारीले अब भिडियो निर्देशन पनि गर्न थालेकी छन् । उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियो निर्देशन अधिकारी आफैले गरेकी हुन् ।
किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो ।
गीतकारको रुपमा चर्चा कमाईसकेकी अधिकारीको अबको लक्ष्य निर्देशनमा पनि सफल हुने रहेको छ । उनले निर्देशन गरेको यो भिडियो पनि कलात्मक, नौलो स्वाद र मौलिकताले भरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस