सोल-पुस २२, २०७३- सन् २०१६ मा अध्ययन वा रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका २१ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या गत वर्षको तुलनामा कम हो । यीमध्ये ७ जनाले आत्महत्या गरेका हुन् भने १४ जनाको दुर्घटना लगायतका घटना परी मृत्यु भएको राजधानी सोलस्थित नेपाली दूतावासले जनाएको छ । यीमध्ये ५ जनाको औद्योगिक दुर्घटनामा परी ज्यान गएका हुन् । । सुतेकै ठाउँमा मृत भेटिनेको संख्या ४ छ भने २ जनाको सडक दुर्घटनामा ज्यान गएको छ ।
आत्महत्या गर्नेमा एकजना व्यवसायी छन् भने बाँकी ६ जना ईपीएसमार्फत आएका कामदार छन् । यो वर्ष कोरियामा मृत्यु हुने महिलाको संख्या ३ छ । ईपीएस कामदारका रूपमा कोरिया आएकी गोरखाकी सृजना पन्तको यहाँ आएको चार महिनामै कुखुराको मासु पेल्ने मेसिनमा परेर निधन भएको थियो । वैवाहिक भिसामा आएकी डोल्मा शेर्पाको बोनम्यारोको रोगका कारण मृत्यु भएको थियो भने जेजु दोकी लाक्पाको क्यान्सरका कारण मृत्यु भएको थियो । ईपीएस कामदारमा आत्महत्याको क्रम बढ्नुमा यहाँ आउने उच्च शिक्षा हासिल गरेका युवाहरूले सोचेजस्तो काम गर्ने वातावरण नमिल्नुलाई कारण मान्छन्, दूतावासका श्रम सहचारी देवराज ढकाल ।
नेपालमा सजिलो काम गरिरहेका युवालाई पनि कोरियामा कठोर मिहिनेत र लगातार काम पर्दा यहाँको वातावारणमा भिज्न गाह्रो हुने गरेको छ । ‘यस्तोमा साहुले रुखो व्यवहार गर्दा झन् तनाव बढ्ने गरेको देखिन्छ,’ ढकालले भने । कतिलाई नेपालबाटै परिवारले अनावश्यक तनाव दिने गरेको पनि उनले बताए । ‘कति युवाहरूले साहुले कुटपिट गरे तापनि प्रमाण पेस गर्न नसक्दा कानुनी उपचार पाउन नसक्दा विक्षिप्त हुने गरेका छन्,’ ढकालले भने ।
पछिल्लो समय औद्योगिक दुर्घटना बढ्नुमा कम्पनीको लापरबाही रहेको ढकालले बताए । घटनाहरूको अध्ययन गर्दा धेरैजसो कामदारहरू औजार सफा र मर्मत गर्ने क्रममा दुर्घटनामा परेको पाइएकोले नयाँ कामदारलाई प्रशिक्षित नगरी यस्ता काममा लगाएर कम्पनीले लापरबाही गरेको उनको विश्लेषण छ । सम्भावित खतरालाई अंकित गरी दुर्घटना हुनुभन्दा अगाडि नै सूचित गरिने साइरनजस्ता प्रावधानको व्यवस्था गरी कम्पनीले सुरक्षित तरिका नअपनाइएको श्रम सहचारी ढकालले बताए । हाल कोरियामा ३८ हजारभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये विद्यार्थी र विवाह गरेर आएका २ हजारजति छन् भने ५ सय जति व्यवसायी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस