टोकियो – जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ।स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्।
प्रहरीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरुमा जापानको प्राचीन शहर कोबेको सडकमा घाइते भएर ढलेकी युवती भेटिएकी थिइन्। कलेज पढ्दै गरेकी ती १९ वर्षे युवतीलाई प्रहरीले अस्पताल पुर्याएको निप्पोन न्युज नेटवर्कले जनाएको छ।
घाइते युवतीको अवस्था खतरामुक्त छ। उनले आफूलाई प्रेमीलाई चक्कु प्रहार गरेको बयान दिएकी छिन्। युवतीको राष्ट्रियता खुलाइएको छैन।
घटना भएको डेढ घण्टापछि प्रहरीले घटनास्थल नजिकैबाट २५ वर्षे नेपाली युवक किशोर स्यांगतानलाइ पक्राउ गरेको छ। प्रहरीसँगको बयानमा केटीले आफूलाई धोका दिएको कारण आक्रोशित भएर छुरा प्रहार गरेको उनले स्वीकारेका छन्।
जापान प्रहरीले नेपाली युवकलाई हत्या प्रयास अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस