काठमाडौं – कुवेतमा नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको खोजी गरिरहेको छ । दूतावासले यहाँका रोजगारदाताहरूलार्इ नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो ।
‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो अाग्रह गरिएको हो ।
कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गरे ।
उनले नेपाली श्रमिकहरूका लागि कुनै पनि प्रकारका समस्या सृजना हुन नदिन निरोधात्मक उपायमा जोड दिन समेत अाग्रह गरेका छन् । साथै त्यसरी प्रयास गर्दा पनि कुनै समस्या उत्पन्न भएमा प्रभावकारी उपचारात्मक कार्यद्वारा समस्या समाधान गरी उनीहरूको रोजगारीलार्इ समस्यारहित एवं उपलव्धिमूलक बनाउनका लागि आवश्यक सहयोग प्रदान गर्न रोजगारदाताहरूलार्इ आग्रह गरे ।
कार्यक्रममा राजदूतावासका द्धितीय सचिव ज्ञानबहादुर मगरले ‘नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान’ बिषयमा र श्रम सहचारी ज्ञानेन्द्र शर्माले ‘नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता’ बिषयमा विस्तृत रूपमा जानकारी दिएका थिए ।
प्रथम सचिव भोगेन्द्र लिङ्देनले सहजिकरण गरेको कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
साथै उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए । कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस