सोल-हुण्डी कारोवारको आरोपमा गैर आवासीय नेपाली संघ कोरियाका एक पदाधिकारीलाई डिपोर्ट गरिएको छ।
एनआरएन कोरियाका कोषाध्यक्ष आलोक बानियालाई पक्राउ पछि नेपाल पठाइएको हो। राजधानी सोल नजिक तोङ्देमुन बजारबाट अघिल्लो महिना पक्राउ परेका उनलाई एक महिना हिरासतमा राखि नेपाल पठाइएको हो ।
लामो समय देखी हुण्डी कारोवार सम्बन्धी मुद्दा खेपिरहेका उनलाई पटक पटक थुनामा राखेर अनुसन्धान गरेपछि गत साता नेपाल फर्काइएको थियो। बाँनियाले सस्तो दरमा नेपाल रकम पठाइदिने भन्दै नेपाली कामदारको अवैधानिक रुपमा रकम संकलन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले नेपाल पठाएको हो।
कोरियामा दशक विताएका बाँनिया कुक भिसामा गएका थिए। भिसा परिवर्तन गरि उनले विद्यार्थी भिसा बनाएका थिए। लामो समय कोरियामा व्यवसाय गर्दै संघ संस्थामा आवद्ध एक उच्च तहका नेपालीको साथले उनी हुण्डी कारोबारमा प्रवेश गरेको एक नेपालीले जानकारी दिए।
पछिल्लो समय हुण्डी कारोवारी माथि प्रहरीले निगरानी बढाएसंगै हुण्डी कारोवारी धमाधम पक्राउ पर्न थालेको त्यहाँ कार्यरत एक नेपालीले जानकारी गराए। क्षणिक लाभको लागि नेपाली कामदारहरुले अवैधानिक तबरबाट पैसा नेपाल पठाउने कार्य गरिरहेका छन्।
जोखिमपूर्ण तरिकाले पठाएको रकम गुमेको अवस्थामा कामदारले उजुरी भने गर्न सक्दैनन्। अवैधानिक माध्यमबाट अपनाएका कारणले पैसा गुमेपनि पिडितहरु उजुरी गर्न हिच्किचाउँछन्।
यसअघि पाँच वर्ष अघि पनि एनआरएनका कोरियाका एक पदाधिकारी करिब ३ करोड लिएर फरार भएका थिए। कोरियामा लामो समय देखि व्यवसाय गर्दै आएका एक नेपालीले पर्दा अगाडी संघ संस्थाको विल्ला भिरेर पर्दा पछाडी हुण्डी गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस