सोल-दक्षिण कोरियामा कार्यरत स्वदेशी तथा बिदेशी कामदारको न्यूनत्तम पारिश्रमिक ८ बर्षमा ७६ दशमलव ७ प्रतिशत वृद्धि भएको छ |
कोरियाली श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार सन् २०१३ मा मजदूरको न्यूनत्तम पारिश्रमिक प्रति घण्टा तलव ४ हजार ८ सय ६० वन थियो | त्यो हरेक बर्ष वृद्धि भएर २०२० का लागि हालै ८ हजार ५ सय ९० वन तोक्ने सिफारिस भएको छ |
न्यूनत्तम ज्याला निर्धारण समितिले हालै २०२० को लागि साबिक ज्यालाबाट २ दशमलव ९ प्रतिशत वृद्धि गर्ने सिफारिस गरेको छ | मन्त्रालयको तथांक अनुसार यो प्रतिशत हालसम्मकै न्यून वृद्धि प्रतिशत हो |
तथ्यांक अनुसार ८ वर्षको अवधिमा कोरिया सरकारले सन् २०१८ मा कामदारको ज्याला सबै धेरै वृद्धि गरेको थियो | यो बर्ष १६ दशमलव ४ प्रतिशत वृद्धि भएको थियो | यो बर्ष प्रतिघन्टा ७ हजार ५ सय ३० वन पुगेको थियो |
कोरियन तथा प्रवासी मजदूर संगठनले कोरियाको महंगीका कारण स्वदेशी तथा बिदेशी मजदूरको तलव प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राखेर विभिन्न क्षेत्रमा आन्दोलन चर्काउन्दै आएको छ |
ती मजदूर संगठनहरुले धर्ना दिने, केश मुण्डन गर्ने,पत्रकार सम्मेलन गर्ने,पुत्ला दहन गर्ने जस्ता दवावमुलक आन्दोलन गर्दै आएका छन् |
कोरिया सरकारले कृषि,औद्योगीक तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुको ज्याला हरेक बर्ष वृद्धि गर्दै आएको छ |
ज्याला वृद्धि संगै नेपाली कामदारलाई प्रत्यक्ष लाभ पुगेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस