गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष सुशिला राईले आगामी कार्यकाल २०१९-२०२१ को लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छन् । संघको १४ सेप्टेम्वरमा हुने निर्वाचनमा अध्यक्ष पदमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी राई उम्मेदवार हुने भयकि हुन। यसअघि संघका उपाध्यक्षहरु पुनम गुरुगं, शेर सुनार, ललीत कुमार न्यौपाने र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका छन ।
अल्डरसटमा आयोजित चुनावी घोषणासभा मार्फत उनले उम्मेदवारी औपचारिक ७ बुंदे घोषणापत्र समेतको प्रतिबद्धता सार्वजनिक गरेकी छन् । एनआरएन यूकेलाई सशक्त, मजबुद बनाउन र गैर आवासीय नेपालीहरू सुखदुखमा पनि साथीभाई मीलेर बस्ने बाथावरणको सृजना गर्न आफु संस्थाको नेतृत्वमा आउन लागेको राईले बताएकी छन् ।
वर्तमान कार्यसमिति २०१७-२०१९ मा उपाध्यक्ष रहेकी राईले संस्थाको भैपरी तथा राहत वितरण विभागको संयोजक भयर जिम्मेवारी पनि सम्हाली सकेकी छन्। महिला संयोजक भै उनकै नेतृत्वमा केहि च्यारिटी कार्यक्रम समेत सम्पन्नगरेकी राई सन् २००७ मा बेलायत आएदेखि नै एनआरएन अभियानमा जोडिएकी छन भने नेपालमा रहंदा विभिन्न संघसंस्था र सामाजिक कार्यहरुमा संलग्न रहंदै आयकी थिइन्। काम गरेर देखाउने अभियन्ताका रुपमा राईको बानी रहेको र एनआरएन अभियानमा पनि लामो समय देखिकोे लगनशील र अनुभव रहेको धारणा वक्ताहरुले बतायकाथिए।
काउन्सिलर प्रवेश केसी उपस्थीती रहेको घोषणासभामा प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, प्रगतिशिल मञ्च अध्यक्ष सुरेश गौतम, तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुंग, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष जंग सुनुवार र उपाध्यक्ष लिला सेलिंग माबो, नेपाली जनसम्पर्क समिति यूके उपाध्यक्ष कोपिला सुब्बा, मगर संघ यूके उपाध्यक्ष राम गलामी, किरांत राई यायोख्खा यूके अध्यक्ष कल्पना राई, गेसो उपाध्यक्ष मानबहादुर गुरुंग, संखुवासभा जिल्ला समाज यूकेका वरिष्ठ उपाध्यक्ष नैनसिं गुरुंग, तेह्थुम जिल्ला समाज यूके पूर्व अध्यक्ष सुर्य खापुंग, किरांथ याक्थुम चुम्लुंगकी कमला लिम्बू, एनआरएन यूके सचिव उम्मेदवार भोलाविक्रम राई, किरात याक्थुम चुम्लुंग सल्लाहकार नरकुमारी लिम्बू, लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू उपस्थी भै कार्यक्रममा शुसीला राईलाई शुभकामना दिएका थिए ।
डा. सुमाया राईको अध्यक्षतामा गरिएको घोषणासभामा विमला लिम्बूले स्वागत मन्तव्य राखेकी थिइन् भने लक्ष्मी राईले उम्मेदवार सुशिला राईका व्यक्तिगत तथा सामाजिक जीवनसम्बन्धी विभिन्न जानकारीहरु प्रस्तुत गरेकी थिइन। खुशी लिम्बूले संचालन गरेको सो घोषणासभा चुनावी घोषणापत्र विजयविक्रम लिंगदेनले पढेर सुनाएका थिए ।
शुसीला राईले तयार पार्नु भयको ७ बुदे घोषणापत्र:
१. गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने छु । एनआरएन अन्तराष्ट्रिय समिति मार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविङ गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु ।
२. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्नेछु ।
३. बेलायतमा हुर्किरहेका हाम्रा छोराछोरीहरुलाई नेपालसंगको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासँस्कृति,भाषा,पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने छु ।
४. बेलायतमा अझै पनि धेरै प्रवासी नेपाली महिलाहरु घरायसी कामबाट बाहिर निस्की सामाजिक कार्यमा आउन सकेका छैनन् । जबसम्म आधा जनसंख्याको हिस्सा ओगटेका महिलाहरुको सामाजिक कार्यमा प्रभावकारी सहभागिता हुँदैन तबसम्म यहाँको प्रवासी नेपाली समुदाय बलियो हुन सक्दैन । त्यसैले उनीहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने छु ।
५.बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजना लामो समयदेखि पूरा हुन सकेको छैन । मेरो कार्यकालमा सो योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउनेछु ।
६.युकेमा रहेका प्रवासी नेपालीहरुलाई आपतविपतमा सहयोग जुटाउनका लागि एउटा कल्याणकारी कोषको स्थापना गर्नेछु ।
७.अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयमसेवक परिचालन गर्नेछु ।
गैरआवासीय नेपाली संघमा माथिका एजेण्डा बाहेक कार्यसमितिमा छलफल गरी संरक्षक, सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट आएका रचनात्मक र सृजनात्मक सुझावहरुलाई स्थान दिई संस्थालाई बलियो र गरिमामय बनाउने मेरो पहल हुनेछ । अन्त्यमा बेलायतमा रहनुभएका सबैलाई जुलाई ३१ सम्म सदस्यता लिइ १४ सेप्टेम्बरमा हुने मतदानमा मलाई अमूल्य मत घोषणापत्र अनुसार काम गर्ने अवसर दिनहुन विनम्र अनुरोध गर्दछु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस