साैल-किम्हे माईग्रेन्ट हाउसका प्रमुख यज्ञराज सुवेदीले गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षका प्रत्यासी बन्ने भएका छन्। ।अध्यक्ष पदमा आएको चर्चाको बारेमा सोधिएको जिज्ञासाको उत्तर दिदै सुवेदीले आगामी सेम्टेम्बर २१ र २२ तारिख हुने सातौ अधिवेशनमा उम्मेदवारी दिने बताएका हुन । विगत २५ वर्षदेखि कोरियामै बस्दै आएका सुवेदी यहाँका प्रशासनिक निकायहरुमा बलियो पहुँचमा छन् ।
सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितीका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितीका उपसभापति, किम्हे माईग्रेनट सेन्टरका प्रमुख लगायत यहाँ क्रियाशिल १० भन्दा बढी संघ संस्थामा आवद्ध छन् ।
उनले केही दिन भित्रै आफ्ने उम्मेदवारीको वृहत कार्ययोजना सार्वजनिक गर्ने बताएका छन ।
सुवेदीलाई एनआएनए कोरियाको सातौँ अधिवेसनमा अध्यक्षकालागि उम्मेद्वार बन्न धेरै नेपालीहरूले माग गरेका थिए।
यहाँका नेपालीको हरेक समस्या समाधानमा मुख्य भुमिका खेल्दै आएका सुवेदीलाई एनआरएनए कोरियाको नेतृत्वमा आउन यहाँका नेपालीले आग्रह गरेका हुन् ।
एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिती तय गरिसकेको छ । अधिवेसनका लागि उमेद्वारी दिने क्रम सुरु भईसकेको छ । कतिपय उमेद्वारहरुले सार्वजनिक रुपमा आफ्नो उमेद्वारी दिईसकेका छन् । तर अध्यक्षकालागि यहाँका नेपालीको अभिभावक बन्न सक्ने एक मात्र उमेद्वार सुवेदी हुन सक्ने यहाँका नेपालीहरुको भनाई छ ।
एनसिसी कोरियाका अध्यक्ष अञ्जु केसीले एनआरएनए कोरियालाई कोरियामा रहेका नेपालीहरुको महत्वपुर्ण संस्थाको पहिचाहन स्थापित गर्न सुवेदी नेतृत्वमा आउनुपर्ने बताईन् । त्यस्तै सामाजिक अभियान्ता यम श्रेष्ठले संस्थाका उमेद्वारहरु आफ्नो व्यापारीक प्रवर्दन गर्ने उद्देश्य राखेर आउने गरेकाले सुवेदी जस्ता समाजिक व्यक्तित्व आईदिए संस्था थप बलियो हुने बताए ।
दोलखा समाजका अध्यक्ष सरोज केसीले एनआएरएनए कोरियाकालागि सुवेदी आवश्यक भएको भन्दै संस्थाको नेतृत्वकालागि उम्मेदवार बन्न आग्रह गरे ।
विगत २५ वर्षदेखि कोरियामै बस्दै आएका सुवेदी यहाँका प्रशासनिक निकायहरुमा बलियो पहुँचमा छन् । सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितीका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितीका उपसभापति, ा किम्हे माईग्रेनट सेन्टरका प्रमुख लगायत यहाँ क्रियाशिल १० भन्दा बढी संघ संस्थामा आवद्ध छन् ।
यसैविच सुवेदीले पनि सबैको चाहना एनआरएनए कोरियामा आफु रहनुपर्ने आग्रह आएको खण्डमा त्यस विषयमा सोँच्न सकिने प्रतिक्रिया दिएका छन् । यस अघि बिपिन गुरूङ र बुद्दि गुरूङले अध्यक्षकाे उम्मेद्वारी घाेषणा गरिसकेका छन्। समकालिन व्यक्तिहरूमा सुवेदीकाे व्यक्तित्व अन्यकाे भन्दा माथि छ।
(शिव भुसाल,दक्षिण काेरिया)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस