टोकियो- स्याङ्जा जिल्लाको पर्यटकीय गुरुङ गाउँ दरौ-शिरुबारीमा जन्मिएका व्यवसायी तथा सामाजिक अभियान्ता दिनेश गुरुङले गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नेतृत्वमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन ।
सूर्योदयको देश जापानबाट नेपालले लिनसक्ने अधिकतम सहयोग र देशको बिकासमा जापानले गरेको प्राविधिक बिकासबाट सिक्दै जापानको प्रविधिलाई नेपाल भित्र्याउनका लागि उचित वातावरण निर्माण गर्न गैरआवासीय नेपाली संघ जापानमा आफ्नो नेतृत्वको टिम आवश्यक रहेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्ष निर्वाचित भई सफल कार्यकाल निर्वाह गरिसकेका गुरुङ अहिले आइसीसी सदस्य पदमा क्रियाशिल रहेका छन् ।
एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो दावी गरेका गुरुङले जापानमा रहेका सबै नेपालीलाई लक्षित गरी ’नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुको जापान बसाईलाई सहज बनाउन एनआरएन जापानले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए । नेपाल हाउसभित्र नेपालमा लगानी भित्र्याउन र भ्रमणमा जाने जापानीहरुलाई नेपाल सरकारको सहयोगी बनि उनीहरुलाई नेपालका बारेमा जापानी भाषा मै जानकारी दिने व्यवस्था गर्ने लक्षकासाथ आफुले काम गरेर देखाउने गुरुङको दावी छ ।
त्यसैगरी जापानमा रहेका नेपाली विद्यार्थीहरुका समस्या सुनुवाई हुने थलोको आवश्यक रहेकोले ’सहयोग डेक्स’ निर्माण गरी समाधानका उचित पहलहरु गरिने, नेपाल हाउस भित्र जापानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्ने सबै पूर्वाधारको निर्माण गर्ने आफ्नो लक्ष रहेको उनले बताए ।
जापानमा रहेका नेपालीहरु माझ सहयोगी तथा समयअनुसार आफुलाई ढाल्न सक्ने खुबी भएका सफल व्यवसायी गुरुङ नयाँ नयाँ क्षेत्रमा जोखिम मोल्न सक्ने व्यवसायी मानिन्छन् । तमु धीं जापानको अध्यक्ष समेत भईसकेका दिनेश गुरुङ स्याङजा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सरंक्षकको भूमिकामा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस