सोल-सुदुरपश्चिम समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको उपलक्षमा आयोजना गर्ने कार्यक्रमको सबै तयारी पुरा गरेको छ |
सेप्टेम्बर १३ मा हुन लागेको बिशेष सांस्कृतिक कार्यक्रमलाई ‘सेती महाकाली सांगितिक सौगात भाग -३’ नाम दिइएको छ |
आइतबार सउलमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको ब्यानर तथा पोस्टर मिडिया मार्फत सार्वजनिक गर्दै समाजले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सोल जोङ्गाक स्थित दुर्गा रेस्टोरेन्टको हलमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष नविनराज जोशीले कार्यक्रमको उद्देश्य र तयारी बारे जानकारी गराउदै जय पृथ्वीबहादुर सिह, दशरथचन्द र भीम दत्त पन्त जस्ता इतिहास पुरुषहरुको जन्मभूमि सुदुरपश्चिम भाषिक एबं सांस्कृतिक रुपमा एकताको प्रतीक भएको भन्दै सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि त्यसैलाई आधार मानेर सामाजिक कार्यहरुमा निरन्तर अघि बढेको बताए ।
दुर्गम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगार्थ कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रममा चर्चित पप तथा आधुनिक गायिका इन्दिरा जोशी, सालको पात टपरी गीतका चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिक, नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, देउडा गायिका रेखा जोशी, देउडा तथा लोक पप गायक चक्र बम, गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने, देउडा गायक भक्तराज भट्ट डोटेली र थारु संस्कृति गायक मोहन चौधरीको मनोरन्जनात्मक प्रस्तुति रहने बताए ।
कार्यक्रम सउल स्थित सङ्बोक गुमिन यसङ होइग्वान मा हुने र कार्यक्रम स्थल सम्म ट्रेन लाइन नं ४ को हान्सुङ युनिभर्सिटी स्टेशन गेट नं ६ बाट ०१ नम्बर को बस चढेर पुग्न सकिने छ । साथै दोङदेमुन गेट नं ३ बाट समेत कार्यक्रम स्थल सम्म बस को व्यबस्था गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष लालबहादुर साउद, कार्यक्रम संयोजक कमल बहादुर शाही, पूर्व अध्यक्ष धर्मराज जोशी र समाजका वरिष्ठ सल्लाहकार अग्निराज कोइरालाले सु प समाज दक्षिण कोरियाले कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुका सामाजिक कार्यहरुमा सधैं नै काँधमा काँध र साथमा साथ दिएर हातेमालो गर्दै आएको भन्दै यसपाली सबै संघ संस्था, व्यापारी, बुद्धिजीवी लगायत सबैसंग सु प समाजको कार्यक्रमलाई सहयोग गरी दिन हुन आग्रह गर्दै कोरियामा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समाजको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका थिए ।
एनआरएन एशिया प्रशान्त क्षेत्र संयोजक एबं व्यवसायी विनोद कुंवरले सुदुरपश्चिमका बिकट क्षेत्रमा शिक्षा र स्वास्थ्य का लागि गरिन लागेको कार्यक्रम अत्यन्त सराहनीय कार्य भएको भन्दै आफू यस्ता कार्यहरुमा सहयोग का लागि जहिले पनि तयार रहेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस