सोल-रोजगारी गर्न दक्षिण कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरे पछि फेरी एकपटक यहाँ रहेका नेपालीहरुको मस्तिष्कमा अनेकौं प्रश्नहरु जन्मिएका छन् |
बैदेशिक रोजगारीकालागि अत्यन्त राम्रो गन्तब्य मानिएको कोरियामा आखिर किन यस्ता घटना घट्ने गर्छन ?? यसको एकिन जवाफ कसैले दिन सकेका छैनन् | तर अध्ययनले पारिवारिक समस्या,प्रेम सम्बन्धमा दरार, कामको चाप,रोजगारदाताको दवाव,साथीभाईको अवहेलना जस्ता कारणले आत्महत्या भएको देखिएको छ |
यसै हप्ता काभ्रे बेथानचोक लप्सीबोट २७ बर्षिय केदार तिमिल्सिनाले झुन्डिएर आत्महत्या गर्नुको कारण अझै पता नलागे पनि उनले ब्यक्त गरेको भनाइलाई आधार मान्ने हो भने पनि माथि उल्लेख गरिएका कारण मध्ये एक भएको सजिलै अनुमान गर्न सकिन्छ | उनले सामुहिक च्याटमा आफु सबै ठीक रहेको र घर तिर अलि अलि तनाब भएकोले सम्पर्क नगरेको बताएका थिए ।
बैदेशिक रोजगारीमा गएका व्यक्तिको पछि परिवार,समाज समुदाय जोडिएको हुन्छ | त्यस मध्ये सबै भन्दा महत्वपूर्ण त परिवारलाई सुखी र समृद्ध राख्ने सपना बोकेको हुन्छ | त्यो सपना साकार पार्न अनेक दुख कस्ट सहेको हुन्छ | परिवारले उसको यस्तो भावना बुझिदिनु पर्छ |
अर्को तिर सरकाले बैदेशिक रोजगारीमा पठाउने झन्झटिला कागजी प्रक्रिया भन्दा परिवार समाज छोडेर नयाँ परिवेश र संस्कृति अंगाल्न जान लागेका युवाहरुलाई मनोबैज्ञानिक ज्ञान प्रशिक्षण प्रशिक्षण दिन जरुरि देखिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस