कतार- गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आरके शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्माले(२०१९–०२१)कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताए ।
मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्यालाई लिएर सम्बन्धित निकायमा पुगेर समस्याहरु लाई समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका छन् ।
स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रम देखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरणदेखि दुताबासबाटै श्रम स्वकृति दिलाउनेसम्मका कार्यहरुलाई जोड दिएका छन् ।
मध्यपुर्बबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको बताए । कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय छन् ।
एनआरएनको अभियानमा उनको उम्मेदवारी सगै अर्थपुर्ण रुपमा समेत हेरिएको छ । गैरआसीय नेपाली संघको विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हुने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस