सोल-रकम तिर्न अटेरी गरेको भन्दै एक नेपालीले नेपालीविरुद्ध नै कोरियाको अदालतमा मुद्दा दर्ता गरेका छन्। नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाका पूर्व अध्यक्ष प्रेम शाहले ४ वर्षअघि लिएको रकम तिर्न अटेर गरेको भन्दै बाजुराका राजेन्द्र मल्लले इलसान अदालतमा मुद्दा दर्ता गरेका हुन्।
व्यावसायिक साझेदार बनाउन भन्दै शाहले पटकपटक गरी आफूसँग १३ लाख ५० हजार नेपाली रुपैयाँ लिएको मल्लले बताएका छन्। अदालतमा मुद्दा दर्ता गर्नुअघि उनले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीको बयानमा शाहले सबै रकम तिरिसकेको झुटो बयान दिएका थिए। शाहले आफूले नै हवाई टिकट काटेर मल्ललाई नेपाल पठाएको बयान दिए पनि त्यो झुटो साबित भएको थियो। मल्लले आफैले टिकट काटेर नेपाल फर्किएको भन्दै प्रहरीलाई हवाई टिकट नै बुझाएका थिए।
प्रहरीले शाहलाई पोलिग्राफ टेस्ट गर्ने तयारी गरे पनि उनले अस्विकार गरेका थिए। उक्त उजुरीका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
अदालतमा शाह विरुद्धमा दुई मुद्दा दर्ता भएका छन्। पहिलो– व्यवसायमा साझेदार बनाउँछु भन्दै लिएको रकम फिर्ता नगरेको। दोस्रो– कोरियन महिलासँग अदालती विवाह (कोर्ट म्यारिज) गराइदिन्छु भन्दै मल्लबाटै रकम लिएर ठगेको।
शाहले आफ्नो होटल व्यवसायमा साझेदार बनाएर आम्दानी बराबर गर्ने सहमतिमा रकम लिएको मल्लको दाबी छ। त्यसबेला मल्ल इपिएस कामदार थिए। ‘मेरो भिसा सकिएपछि बिजनेस भिसामा परिणत गराई सँगै व्यवसाय गर्ने भनी शाहले उक्त रकम लिएका हुन्,’ उनले भने। तर पछि शाहले भिसा परिवर्तन गर्न नसकिने जवाफ दिएका थिए। पाँचवर्षे इपिएस भिसा सकिएर नेपाल फर्किएका मल्लले आफूसँग लिएको रकम फिर्ता गर्न निरन्तर ताकेता गरे पनि फिर्ता नपाएको सुनाए। पैसा फिर्ता गर्नुको साटो शाहले एक कोरियाली महिलासँग कोर्ट म्यारिज गराइदिने भन्दै प्रपञ्च रच्न थाले। शाहले कोरियन महिलाको तस्बिर समेत पठाएर स्विकृति मागेका थिए। उक्त कुरा प्रहरीलाई मल्लले बुझाएको दुवै जनाको फेसबुक वार्तालापबाट खुलेको छ।
मल्ल कोरियाली महिलासँग कोर्ट म्यारिज गर्न राजी भएपछि शाहलाई २ लाख रुपैयाँ पठाइदिए। त्यसपछि भने शाह नै सम्पर्कविहीन भएको उनी बताउँछन्।मल्लले निरन्तर आफ्नो पैसाको ताकेता गरेपछि शाहले समयावधि दिँदै झुलाउँदै आएका थिए। ‘हप्तामा तिर्छु। एक महिनामा तिर्छु भन्दै टारे। तर दिएनन्,’ मल्लले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस