टोकियो- जापानमा नेपालीको नाममा दर्ता भएको डुंगामा पहिचान खुल्न नसकेको वेवारिसे शव भेटिएको छ |
करिव दुई बर्षदेखी सञ्चालनमा नरहेको उक्त डुंगा समुन्द्र किनार राखिएको अवस्थामा खानतलासी गर्दा शव भेटिएको जापानी समाचार संस्था टिबिएस टेलिभिजनलाई उदृत गर्दै याहु न्युजले उल्लेख गरेको छ ।
जापान समाचार डटकमका अनुसार डुंगाको पछिल्लो भागको भित्रि बक्समा प्लास्टिक टाटले बेरेको अवस्थामा लिंग समेत पहिचान हुन नसक्ने अवस्थामा शव सडेको अवस्थामा भेटिएको हो ।
प्रहरीले धरैअघि देखी डुंगाबारे सोधखोज गरेपनि भर्खर मात्र नेपाली पुरुषले भाडामा लिएर सञ्चालन गरेको पत्ता लगाएको थियो ।
डुंगा नेपालीको नाममा दर्ता गरेको भएपनि गत महिना मात्र डुंगा दर्ता गरिएका नेपाली अवैध रुपमा भिषा सकिएपछि जापानमा बसेको कारण अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएको खुलेको छ ।
अध्यागमन कार्यालयको नियन्त्रणमा रहेका नेपालीको परिचय बारे समाचारमा केही खुलाईएको छैन ।
अध्यागमन अधिकारीहरुको नियन्त्रणमा रहेका नेपालीसँग डुंगा र शवबारे जानकारी लिएर अनुसन्धानको काम अघि बढाएको प्रहरीले बताएको छ ।
घटना जापानको चिबाकेनको च्योसी शहर स्थित च्योसी मारिनामा भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस