काठमाडाैं-आसन्न एनआरएन कोरियाको अधिवेशनमा अध्यक्षका प्रत्यासी यज्ञराज सुवेदी विरुद्ध केही व्यक्ति निकृष्ट रूपमा उत्रिएको बताइएको छ। नेपालमा सञ्चालित एक अनलाईनलाई प्रयोग गरी उनको विरुद्धमा दुष्प्रचार गरिएको हटपाटीको खोजबाट खुलेको छ।
सुवेदीको विरुद्धमा अनर्गल प्रचार गर्नका लागि एक व्यक्तिले कोरियाबाट उक्त अनलाइनमा मेल गरेको खुलेको छ। प्राप्त मेलको तथ्य परीक्षण नगरि समाचार प्रकाशित भएको बताइएको छ। सो अनलाइनका प्रधान सम्पादक तथा प्रेस युनियनका महासचिव समेत रहेका अजयबाबु सिवाकोटीले उक्त समाचार सम्पादन गर्न नपाई प्रकाशित भएको बताइएको छ।
हटपाटीको सम्पर्कमा आएका अध्यक्षका प्रत्यासी सुवेदीले कपोकल्पित झुठो विवरण राखिएको बताए। धर्मको व्यापार, भिषा परिवर्तन गरि पैसा लिएको समाचारको पुष्टि गर्न चुनाैती दिए। उनले भने,’ सेल्टरमा चर्को शुल्क , एमालेको सल्लाहकार भनि राखिएको विषय पुरै गलत र नीच हो।’ उनले थपे, ‘कोरियाको कानून अनुसार शुल्क लिएको हो। सरकारी निकायमा दर्ता भई सञ्चालित एक मात्र नेपालीले संचालन गरेको संस्था हो।’ महिनाको ३ हजार ५ सय सदस्यता शुल्क कोरियाली कानुनी प्रावधान अनुसार लिएको बताए।
सोही समाचारमा नाम आएका यम श्रेष्ठले परोपकारी व्यक्ति भएकै कारण सुवेदीलाइ समर्थन गरेकाे बताए। उनले भने, ‘बर्षौ संगत गरें। परोपकारी कार्यमा लाग्ने साथै दुःख परेका नेपालीलाई साथ दिएकाे देखें। असल व्यक्तिको समर्थन गर्न नपाइने?’ उनले भने,’धर्म व्यक्तिको स्वतन्त्रता हो। उहाँले धर्म परिवर्तनको लागि कसैलाई दबाब दिएको थाहा छैन।’
एनआरएन कोरियाको अधिवेशनमा अध्यक्षका लागि सुवेदी सहित विपिन गुरूङ र बुद्धि गुरुङ चुनावी मैदानमा छन्। अधिवेशन शनिबार र आइतबार हुँदैछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस