सोल-कोरियामा दुखत घटना घटेको छ। इपिएस मार्फत कोरिया आएका एक नेपालीको एक्कासी बेहोस भै मृत्यु भएको स्थानीय नेपाली संचार माध्यमले जनाएका छन्।
राजधानी सोल नजिक एक कम्पनीमा कार्यरत चितवनका शिबराज महतोको मृत्यु भएको राप्ति सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बीरकुमार ओलीले जानकारी दिएको समाचारमा जनाइएको छ।
हिजो शनिवार कम्पनीमा काम सकिएपछी सन्ध्याकालीन यात्रामा ओली संगै निस्किएका महतो एक्कासि बिहोस भै ढलेपछि त्यहाँ रहेका स्थानीय कोरियनहरुको सहयोगमा तत्कालै अस्पताल पुर्याइएतापनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए।
उच्च रक्त चाँप बाट पिडितम करिब ५० बर्षिय महतोले दांतको समस्या भएको बताउने गरेको कम्पनीमा संगै कार्यरत नेपालीहरुले बताए, करिब १०बर्ष देखि कोरियामा कार्यरत मृतक महतो बिना भिसा बस्दै आएका थिए। उनका छोरा समेत कोरियामा कार्यरत छन्।
हाल उनको सवलाई नजिकैको अस्पतालमा राखिएको छ। कोरियामा अबैध रुपमा बस्दै आएको र मृत्यु पनि कम्पनि बाहिर भएकोले शव नेपाल पठाउन समस्या पर्न सक्ने संगै कार्यरत ओलीले बताए।
घटना अलि अबेर घटेकोले कोरिया स्थित नेपाली दुतावासमा खबर गर्न नसकिएको उनले जनाकारी दिए, उक्त कम्पनीमा हाल १२ जना नेपालि कार्यरत छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस