काठमाडौँ— गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले अक्टुवर १५ तारिखमा नेपालमा विश्वस्तरको सम्मेलन र महाधिवेशन गर्न लागेको प्रचार–प्रसार विदेशबाटै शुरु गर्यो एक महिना अगावै।
यो सम्मेलनले राजनीतिक रुपमा स्थिर बनेको मुलुकको आर्थिक विकासमा सहयोग गर्ने भन्दै एनआरएनएका विश्वका ८२ शाखामध्ये ६० वटा शाखाबाट निर्वाचित प्रतिनिधि नेपाल आए, २६ सय १३ को संख्यामा। सम्मेलनकै नारा थियो ‘म, मेरो ‘एनआरएनए’, मेरो नेपाल’।
तर एनआरएनको मुख्य ध्यान आगामी दुई वर्षका लागि आफ्ना ‘प्यानल’का उम्मद्वारलाई जसरी पनि जिताउने थियो भन्ने ठम्याउन धेरै समय कुर्नु परेन।
बालुवाटारस्थित एनआरएनएको मुख्यालयमा सम्मेलनबारे जानकारी दिन अक्टोबर १५ तारिखमा आयोजित पत्रकार सम्मेलनका क्रममा देखिएको दृश्य र भएका बहस नै काफी थिए।
सम्मेलनमा सामेल हुनेहरुले सुरुमै रजिस्ट्रेशनको समस्या झेले। दिउँसो एक बजे त्यहाँ पुग्दा लामो यात्राबाट थकित सयौँ गैरआवासीय नेपाली आफ्ना झोलाझिम्टीसहित चर्को घाममा घण्टौ लाइनमा लाग्न बाध्य बनेको देखिन्थे ‘रजिस्ट्रेशन’का लागि।
तर त्यही भिडमा भोलीपल्टको सम्मेलन भन्दा पनि अध्यक्ष पदका दाबेदार कुमार पन्त र कुल आचार्य समूहले प्रचार–प्रसार शुरु गरिसकेको थियो।
पत्रकार सम्मेलन गर्ने भनिएको हलमा एकाएक एनआरएनएका प्रतिनिधि भरिए, आफ्नो समूहलाई जिताउने उपायमा उनीहरुको ध्यान केन्द्रीत थियो।
साँघुरो कोठामा आयोजित पत्रकार सम्मेलनमा ‘गाँठ हुनेले मात्रै एनआरएनए निवार्चन जित्ने हो’ भन्दै पत्रकारहरु आयोजकतर्फ खनिए।
उम्मेद्वार हुन १० लाख रुपैयाँ तिर्नु पर्ने प्रावधानको चर्को विरोध भइरहेका बेला अध्यक्षका लागि दाबेदारमध्ये एक समूह पत्रकार सम्मेलनमा झुलुक्क देखा परी दरबारमार्गस्थित एक होटलमा आफ्नो पक्षमा अर्को पत्रकार सम्मेलन गर्न भ्याइसकेको थियो।
भोलीपल्ट ९ बजे होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै गर्दा होटल परिसरमा व्यापक रुपमा चुनावी रणनीति तय भइरहेका थिए।
त्यसपछि भएका खुल्ला छलफलमा अर्थमन्त्री लगायत विज्ञहरुले आफ्नो महत्वपूर्ण धारणा राख्दा होस् या केही एनआरएनले आफ्नो पेपर प्रस्तुत गर्दा हलको आधा भाग रित्तो थियो।
नेपालको विकासमा योगदान पुर्याउन पूँजि, ज्ञान, सीप र प्रविधि भित्राउन आफूहरु तयार रहेको भन्ने अधिकांश एनआरएनहरु चुनावी रापमा तातिसकेका थिए, बाहिर।
सम्मेलनमा प्रस्तुत सरकारका पछिल्ला नीति, लगानी भित्राउन भएका सरकारी पहल, अवसर, विज्ञहरुको धारणा र अनुभवबारे उनीहरुमा कुनै चासो देखिदैन थियो।
बुधबार हुन नसकि बिहीबार भएकाे मतदानकाे गणना राति अबेरबाट सुरू हुने बताइएकाे छ। कागजी मतदान भएकाले शुक्रबार विहान सम्ममा मत नतिजा प्रकाशित हुन नसक्ने बताइएकाे छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस